वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण  कार्यालयका प्रमुख उद्देश्य र कार्यहरु यस प्रकार रहेका छन् :-

क) वाणिज्य प्रशासन सम्बन्धी

ख) आपूर्ति तथा उपभोक्ता संरक्षण सम्बन्धी

ग) नियमित कार्यालय प्रशासनसँग सम्बन्धित

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रमुख रणनीतिक कायहरुः यस प्रकार रहेका छन् :-

क) वाणिज्य प्रशासन सम्बन्धी उद्देश्य अन्तर्गत:

१) अन्तर्राष्ट्रिय व्यापार उद्देश्य भएका प्राईभेट फर्म, सोझेदारी फर्महरुको दर्ता, नवीकरण, संशोधन, खारेजी र नियमन गर्ने ।

२) कम्पनी ऐन अनुसार दर्ता भई अन्तर्राष्ट्रिय व्यापार उद्देश्य भएका कम्पनीलाई व्यापारिक इजाजत प्रदान गर्ने ।

३) सम्बन्धित फर्महरु तथा कम्पनीहरुको फाइल तथा अभिलेखहरु नियमित रुपमा अद्यावधिक गरी विद्युतीय अभिलेख समेत तयार गरी सुरक्षित राख्ने ।

ख) आपूर्ति तथा उपभोक्ता संरक्षण सम्बन्धी उद्देश्य अन्तर्गत:

१) प्रचलित उपभोक्ता संरक्षण सम्बन्धि कानून बमोजिम नियमित र एकिकृत बजार अनुगमन तथा निरीक्षण गर्ने,

२) उपभोक्ता संरक्षण सम्बन्धि प्राप्त सूचना तथा उजुरीका आधारमा बजार निरीक्षण, अनुगमन तथा आवश्यक कारवाही गर्ने।

३) विद्यालयमा उपभोक्ता शिक्षा कार्यक्रम तथा उपभोक्ता सचेतना सम्बन्धि विविध क्रियाकलाप तथा कार्यक्रम सञ्चालन गर्ने।

४) नियमित रुपमा स्थानीय बजार र सीमावर्ती बजार क्षेत्रको मुल्यसूची सकंलन गरी तालुक विभागलाई जानकारी गराउने ।

ग) नियमित कार्यालय प्रशासनसँग सम्बन्धित उद्देश्य अन्तर्गत:

१) कार्यालय व्यवस्थापन र कर्मचारी प्रशासन सम्बन्धी ।

२) मासिक तथा वार्षिक प्रगति विवरण तथा अन्य विवरण तालुक निकायमा पेश गर्ने।

कार्यालय सम्पर्क

facebook

Twitter

Youtube

वेबसाईट: https://biratnagar.doc.gov.np
ई-मेल: banijyabrt10@gmail.com
टेलिफोन न. : 021-475454
ठेगाना: विराटनगर–१०, (सोमबारेहाट) मोरङ नेपाल

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय
विराटनगर

सूचना अधिकारी

सावित्रा न्यौपाने

9852081049

banijyabrt10@gmail.com

© 2026 System: Log in

Developed By:- Websoft IT Nepal Pvt. Ltd.