२०१६ साल पौष २० गते नेपाल गजेट भाग ४ खण्ड ९ मा प्रकाशित तत्कालीन नेपाल सरकार, उद्योग तथा वाणिज्य मन्त्रालयको सूचना अनुसार उक्त मन्त्रालय अन्तर्गत रहेका सिभिल सप्लाईज विभाग र सेन्ट्रल पर्चेज डिपार्टमेन्ट विभाग दुबैलाई समायोजन गरी वाणिज्य विभागको स्थापना भएको हो । त्यस पछिको वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग मातहत रहेको ५ वाणिज्य कार्यालयहरु मध्येको वाणिज्य कार्यालय, विराटनगर एक हो ।

क्षेत्रीय सन्तुलित विकासको अवधारणा अनुरुप मुलुकलाई विभिन्न विकास क्षेत्रमा विभाजन गरि क्षेत्रीय स्तरका कार्यालयहरुको स्थापना गरी सर्वसाधारणलाई प्रदान हुने सेवा सुविधा छिटोछरितो र सर्वसुलभ तरीकाले उपलव्ध गराउने, स्थानीय स्तरका समस्याहरुलाई केन्द्रसंग समन्वय गरी समाधान गर्न सहयोग पुर्याउने, विकास निर्माणमा समेत केन्द्र र स्थानीय स्तरको समन्वयकर्ताको रुपमा काम गर्ने गराउने नीति वमोजिम निर्देशनालय स्थापनाको क्रमसंगै नेपाल सरकार (मन्त्रिपरिषद)को मिति २०३५।४।३० को निर्णय अनुसार उद्योग तथा वाणिज्य मन्त्रालय, वाणिज्य विभाग अन्तर्गत क्षेत्रीय वाणिज्य निर्देशनालय विराटनगरमा स्थापना भई नेपाल सरकार (मन्त्रीपरिषद)को मिति २०४१।४।४ को पुनः निर्णयले वाणिज्य कार्यालय नामाकरण भई यस कार्यालयको नाम परिवर्तन भएको हो । वि. सं. २०५७ साल देखि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयलाई एउटै मन्त्रालयमा गाभिए पछि यो कार्यालय सोही मन्त्रालय, वाणिज्य विभाग र त्यस पछिको वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग मातहत रही आएकोमा हाल पुनः वाणिज्य मन्त्रालय, वाणिज्य विभाग मातहत रही आएको छ ।

स्थापना कालको क्षेत्रीय वाणिज्य निर्देशनालयमा कार्यालय प्रमुख उपसचिव, २०४१ साल श्रावण महिनादेखि शाखा अधिकृत र २०७१ साल श्रावण देखि पुनः उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था गरिएको छ ।

लामो समयसम्म विराटनगरको विभिन्न स्थानमा भाडामा रहेका यस कार्यालयको २०६१ सालमा साविक विराटनगर उपमहानगरपालिका वडा नं. १३ हाल विराटनगर महानगरपालिका वडा नं. १० तिनटोलिया, सोमवारे हटिया सरकारी कार्यालय परिसरमा आफ्नै कार्यालय भवन निर्माण गरि सेवारत छ । यस कार्यालयले मूलतः वाणिज्य प्रशासन तर्फ प्राईभेट र साझेदारी फर्म दर्ता, नवीकरण, खारेजी, संशोधन र उपभोक्ता हित सम्बन्धी बजार अनुगमन, नियमन, सहजिकरण जस्ता कार्य गर्दछ ।

कार्यालय सम्पर्क

facebook

Twitter

Youtube

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय
विराटनगर

वेबसाईट: https://biratnagar.doc.gov.np
ई-मेल: banijyabrt10@gmail.com
टेलिफोन न. : 021-475454
ठेगाना: विराटनगर–१०, (सोमबारेहाट) मोरङ नेपाल

सूचना अधिकारी (दीर्घ बहादुर घिमिरे) : ९८५२०८१०४९

© 2026 System: Log in

Developed By:- Websoft IT Nepal Pvt. Ltd.